बिर्तामोड , चैत १४ । छठ महिला मंचले बिर्तामोड ४ स्थित हाम्रो साझा घरका बृद्धबृद्धालाई भोजन गराएको छ ।

मंचकी महासचिव निसा कर्ण मण्डलको जन्मदिनको अवसरमा मंचले परोपकार तथा अनुसन्धान केन्द्रद्वारा संचालित हाम्रो साझा घरका बृद्धबृद्धालाई एक छाकको खाना खुवाएको हो ।

बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य द्रोपदी गणेशको प्रमुख आतिथ्य एवं मंचकी अध्यक्ष हेमलता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा छठ समाज सेवा समिति बिर्तामोडका अध्यक्ष राजकुमार गुप्ता , निवर्तमान अध्यक्ष घनश्याम चौधरी ,मंचका पदाधिकारी तथा सल्लाहकारहरु मीना चौधरी , प्रमिला शाहलगायतको उपस्थिति रहेको थियो । छठ महिला मंचले आफ्ना सदस्यहरुको जन्मदिनमा विभिन्न सामाजिक काम गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्