बिर्तामोड , चैत १४ । आदिवासी जनजाति महिला उपभोक्ता समिति बिर्तामोड ५ को आयोजनामा दुईदिने क्षमता अभिबृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिका ५ नं वडा कार्यालयको सहयोगमा सो तालिम संचालन गरिएको थियो । बिर्तामोड ५ का ५० जना आदिवासी जनजाति समुदायका महिलाहरुको सहभागिता रहेको तालिममा प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी र अधिवक्ता देवी निरौलाले सहजीकरण गरेका थिए ।

समितिकी अध्यक्ष पूर्णकुमारी लावतीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाई , कार्यपालिका सदस्य सुरेन राजवंशी , वडा सदस्य हर्कमाया विक , प्रशिक्षक इन्द्रसिंह राजवंशीले मन्तव्य राखेका थिए । समितिकी उपाध्यक्ष फूलमाया तामाङले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव भीमा लिङ्देनले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्