झापा , चैत १४ । उदयपुरको कटारी नगरपालिका-११ हर्देनीमा सिद्धिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने चालकसहित १३ घाईते भएका छन् ।

हिजो दिउँसो २ बजे ओखलढुंगाबाट उदयपुरको कटारी तर्फ आउँदै गरेको प्रदेश १-०७-००१ज ००११ नम्वरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट ५ मिटर तल झरी दुर्घटना हुँदा गाडीमा सवार चालकसहित १४ जना घाईते भएकोमा उपचारको लागि बिभिन्न अस्पतालहरुमा पठाइएकोमा ओखलढुंगा सुनकोशी गाउँपालिका-४ का ५४ बर्षीय खेमबहादुर कार्कीको बिर अस्पताल काठमाण्डौमा उपचारको क्रममा मृत्यु भएको हो । ओखलढुंगा मोलुङ-२ का २४ बर्षीय एकराज दाहाल र ३० बर्षीया पार्वता पोखरेलको बिराटनगर नोवेल अस्पतालमा उपचार भईरहेको छ भने कटारी अस्पतालमा उपचारार्थ रहेका १० जना घाईतेहरु उपचार पश्चात डिष्चार्ज भईसकेका छन् । गाडी चालक ओखलढुङगा सिद्दिचरण नगरपालिका-१ का २४ बर्षीय सञ्जिब घिमिरेलाई सामान्य उपचार पश्चात इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्