झापा , चैत १५ । बहुविवाह मुद्दाका दुई फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा हल्दीबारी ३ घर भई दमक ४ मा बस्दै आएका ३२ वर्षिय सन्तोष नेपाली र २५ वर्षिया गंगामाया नेपाली रहेका छन् । झापा जिल्ला अदालतको २०६८ बैशाख १४गतेको फैसला बमोजिम बहुविवाह मुद्दामा सन्तोषलाई २ बर्ष कैद ,२५ हजार जरिवाना र गंगामायालाई १ बर्ष कैद, १० हजार जरिवाना तोकिएको थियो ।
फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले नियन्त्रणमा लिई सोमवार फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराएको थियो । अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइने डिएसपी बसन्त पाठकले बताए ।