झापा , चैत १७ । झापाको बिर्तामोडस्थित शनिश्चरे रोडमा रहेको शाह कपडा पसलमा शिल गरेपछि स्थानीय व्यवसायीले यातायात अवरुद्ध गरेका छन् ।

राजश्व अनुसन्धान कार्यालय इटहरीले अनुगमनका क्रममा लालबाबु शाहले सञ्चालन गर्दै आएको कपडा पसल शिल गरेको बुझिएको छ । शिल गरेको सूचना पाएपछि व्यवसायीका प्रतिनिधि पुग्नासाथ राजश्वका कर्मचारी भागेको भन्दै यातायात अवरुद्ध गरिएको छ । बिर्तामोड उधोग वाणिज्य संघका महासचिव अर्जुन मैनालीका अनुसार राजश्वका कर्मचारी भागेको कुराले आशंका उब्जाएको छ । उनले किन शिल भयो भनेर सोधीखोजी समेत गर्न नपाएको जानकारी दिए । सरकारको दादागिरी विरुद्ध सबै व्यवसायीलाई विरोधमा त्रिन आव्हान समेत गरिएको छ । त्यसैको विरोधमा बिर्तामोडका व्यापारीले सडक अवरुद्ध गरिरहेका छन् । भागेका भनिएका राजश्वका कर्मचारीलाई रोक्न मुक्तिचोकमा भेला भएका व्यापारीले प्रशासनलाई सो टोली पक्राउ गर्न आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्