झापा , चैत १८ । झापाको मेचीनगर नगरपालिका-६ र मोरङको बिराटनगर महानगरपालिका-१५ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका झापा कन्काई नगरपालिका-३ का ३० बर्षीय अरुण प्रधानलाई २ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो भने लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले को.२५ प ७६५८ नम्वरको मोटरसाईकलमा भारत जोगवनीबाट नेपाल तर्फ आउँदै गरेका सुनसरी इटहरी-४ का ४० बर्षीय राजेन्द्र के.सि.लाई ७ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्