झापा , चैत २० । ताप्लेजुङको सिरिजंघा गाँउपालिका-२ लासा टोलका २३ बर्षीय मुकेश भट्टराईको चट्याङले लागेर मृत्यु भएको छ ।

हिजो राति पौने ९ बजे अबिरल बर्षासंगै परेको चट्याङले लागेर घाईते भएका भट्टराईलाई तत्काल उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्