बिर्तामोड , चैत २० । ललितपुरको कुपोन्डलमा मुख्य कार्यालय रहेको सेन्ट्रल फाइनान्स लिमिटेडले बिर्तामोडमा १६ औं शाखा विस्तार गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट मान्यताप्राप्त ‘ग’ वर्गको राष्ट्रिय वित्तीय संस्था सेन्ट्रल फाइनान्स लिमिटेडको बिर्तामोड शाखाको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले आइतवार उद्घाटन गरे ।

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रजोजमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत विनोदनरसिंह श्रेष्ठले २०५४ बैशाख २ गते स्थापना भएको सो फाइनान्सले सफलतापूर्वक २५ वर्ष पूरा गरेको बताए । उनले सो फाइनान्सको चुक्ता पुँजी ९४ करोड ८८ लाख र प्राथमिक पुँजी १ अर्ब १६ करोड ७१ लाख रुपैयाँ रहेको जानकारी दिए । नेपाल स्टक एक्सचेन्जमा स्वीकृत ५१ प्रतिशत संस्थागत र ४९ प्रतिशत सर्वसाधारणको शेयर रहेको सो फाइनान्सले अरुभन्दा उच्च व्याज तथा सरल र सुलभ कर्जा प्रदान गर्ने गरेको बताए । अत्याधुनिक बैंकिङ सुविधाअन्तर्गत कनेक्ट आइपिएस,क्यु आर पे , एटीएम , फोन पेजस्ता सेवाहरु उपलव्ध रहेको उनको भनाई थियो ।

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रजोजमान श्रेष्ठले स्थापनादेखि नै सो फाइनान्स नाफामा रहेकाले निक्षेप सुरक्षित रहने कुरामा कुनै शंका नगर्न आग्रह गरे । कार्यक्रममा नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई , वीरता जेसीजका अध्यक्ष प्रवीण खड्का , कुमारी बैंकका बिर्तामोड शाखा प्रमुख देवराज नेपाललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन संचारकर्मी सरोज पौडेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्