झापा , चैत २३ । मोरङको धनपालथान गाउँपालिका-३ डकुवा डाँडामा रहेको ब्द्यऋ ईटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

हिजो दिउँसो साढे २ बजे ईटाभट्टाका कामदार भारत वेष्ट बंगालका लालतन आलमको २ बर्षीय छोरा अरमान मिँया खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबेर अचेत अवस्थामा आफन्तले फेला पारी तत्काल उपचारको लागी कोशी अस्पताल बिराटनगर ल्याएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्