बिर्तामोड, चैत २४ । स्थानीय तहको निर्वाचनका लागि एमालेका तर्फबाट बिर्तामोडका चारवटा वडामा सर्वसम्मत उम्मेदवार चयन भएका छन् ।

वडाध्यक्षमा सिफारिस लिङ्देन,बुढाथोकी र लोक्ताम

बिर्तामोडको वडा नं ३ ,५, ६ र १० मा सर्वसम्मत उम्मेदवार छनौट भएका हुन् । बिर्तामोड वडा नं ३ मा युवा व्यक्तित्व मदन बुढाथोकी वडाध्यक्षका लागि सिफारिस भएका छन् । त्यस्तै वडा सदस्यमा हरि बाँसकोटा , भाग्मान लिम्बू , धनसरी राजवंशी र लक्ष्मी रोक्का चयन भएका छन् ।

त्यस्तै वडा नं १० को वडाध्यक्षमा रिमानध्वज लोक्ताम सिफारिस भएका छन् । वडा सदस्यमा गीता घिमिरे , प्रेम पौडेल , भक्तसिंह राजवंशीको नाम आएको जनाइएको छ ।

त्यस्तै बिर्तामोड वडा नं ५ मा राजेन्द्रप्रसाद लिङ्देनलाई दोहोर्याउने गरी वडाध्यक्षमा सिफारिस गरिन लागेको जनाइएको छ ।

यस्तै वडा नं ६ मा बुद्धिराम भट्टराई , उमेश खतिवडा , अनिता कन्दङ्वा , देवी नेपाललगायत सिफारिस भएका छन् । उनीहरुमध्येबाट एकजनालाई वडाध्यक्षमा सिफारिस गरिने एमाले नगर कमिटी अध्यक्ष सुवास भट्टराईले बताए । उनले नगरका अन्य वडाहरुमा पनि आज दिनभरि टुंगो लाग्ने जानकारी दिए । एमालेले झापाको १३१ वडामा उम्मेद्वार छनौट प्रक्रिया शुरु गरेको हो । बुधबार नेकपा एमालेले जिल्लाको २९ वटा वडामा सर्वसम्मत रुपमा उम्मेद्वार सिफारिस गरेको एमाले झापाका सचिव शिव ढुङ्गेलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्