कुमरखोद, चैत २४ । आसन्न स्थानीय तहको निर्वाचनका लागि एमालेका तर्फबाट झापा गाउँपालिकाको ३ वटा वडामा सर्वसम्मत भएको छ ।

अरु वडामा ३ देखि ७ जनासम्म वडाध्यक्षको आकांक्षी देखिएका छन् । सर्वसम्मत भएका वडाहरु १,३ र ७ रहेका छन् ।एमालेको १ न. वडा कमिटीले पार्टीको तर्फवाट माधव पोखरेललाई सर्वसम्मत वडाध्यक्षको उम्मेदवार चयन गरेको छ । पार्टीको वडास्तरीय भेलाले पोखरेललाई वडाध्यक्षका लागि पार्टीको तर्फवाट सर्वसम्मत उम्मेदवार बनाएको हो । सदस्य पदहरुमा दानेश्वर रहमान , विजय यादव ,धनमाया विक चयन भएका छन् भने एक जना महिला सदस्य छनौट गर्न बाँकी रहेको छ ।

त्यसैगरी वडा नं ३ को वडास्तरीय भेलाले खड्ग राजवंशीलाई वडाध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । सदस्य पदहरुमा सुमित्रा विश्वकर्मा , कुमार राई र अब्दुल रसिद रहेका छन् भने एकजना महिला सदस्य छनौट गर्न बाँकी छ । त्यसैगरी वडा नं ७ को वडा कमिटीले सारद तिम्सिनालाई वडाध्यक्ष लागि सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ भने सदस्य पदमा सुव्रतचन्द्र राई , भवानी सद्रत र तुलसा कार्की रहेका छन् भने एकजना सदस्य छनौट गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्