झापा , चैत २५ । मोरङको उर्लाबारी नगरपालिका-४ आईतबारेमा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ ।

हिजो राति पौने ९ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ च ६३९९ नम्बरको पिकअप भेनले बिपरित दिशाबाट आउँदै गरेको को ३२ प ६९३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका-३ का २८ बर्षीय राजन धिमालको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने पिकअप र चालक उर्लाबारी-४ का २१ बर्षीय दिपेन्द्र बोहोरालाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्