बिर्तामोड , चैत २५ । बिर्तामोड नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेका तर्फबाट ५ जना दावेदार देखिएका छन् ।

मेयरका आकांक्षीहरु

पूर्वकै मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा स्थानीय तह निर्वाचनको लागि ५ जना आकांक्षीले पार्टीको नगर कमिटीमा उम्मेदवारी दर्ता गराएका छन् । जसको छिनोफानो हुँदैछ । आकांक्षा राख्न दिइएको समयभित्र ५ जनाले मेयरको इच्छा राखेका छन् । मेयरका लागि बहालवाला मेयर ध्रुवकुमार शिवाकोटी , उपमेयर पवित्रा महतारा प्रसाई , प्रदेश सांसद एकराज कार्की , उमानाथ ओली र वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले उम्मेदवारी दिएका हुन् ।

उपमेयरका आकांक्षीहरु

त्यस्तै उपमेयरका लागि बद्री भट्टराई , देवराज कार्की , गणेश पोखरेल , प्रविण पोखरेल र भीमा शिवाकोटीले इच्छा राखेर निवेदन दिएका छन् । मतदान प्रक्रियाबाट उनीहरुको छिनोफानो हुँदैछ । दिउँसो २.३० बजेदेखि शुरु भएको मतदान अहिले साँझ ५ बजे सकिएको छ । मतदानमा वडा कमिटी र नगर कमिटीका ४२६ जना पदाधिकारीहरुले भाग लिएका छन् । मतदानपछि आजै मतगणना हुने भएको छ । बढी मतभार ल्याउने ३ जना आकांक्षी टिकटका लागि उपल्लो कमिटीमा सिफारिस हुनेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्