झापा , चैत २७ । हुम्ला अदानचुली गाउँपालिकामा माओवादी केन्द्रका कार्यकर्ताहरुले गाउँपालिका अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य दल फडेराको घरमा तोडफोड गरेका छन् ।

शनिबार अध्यक्ष फडेराका कार्यकर्ताले घरमा तोडफोड गरेको बदलामा माओवादीका कार्यकर्ताले उनको घरमा शनिबार तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार शुक्रबार एमाले कार्यकर्ताले अदानचुली गाउँपालिका ३ स्थित फडेरा गाउँका केही पसल र घरमा तोडफोड गरेका थिए । त्यसकै बदलामा शनिबार माओवादी कार्यकर्ताले अध्यक्ष फडेराको घरमा तोडफोड गरेको हुम्लाका डीएसपी हेरम्भ शर्माले जानकारी दिए । प्रहरीका अनुसार फडेराको घरको माथिल्लो तलामा तोडफोड भएको छ । सोलारलगायतका केही सामानहरु टुटफुट भएका छन् । माओवादी पक्षले भने शुक्रबार गाउँपालिका अध्यक्षसहित कार्यकर्ताहरुले होटल र घरमा बसेको बेलामा आफूहरुमाथि आक्रमण गरेकाले अध्यक्षको घर तोडफोड गरेको जनाएको छ । डीएसपी शर्मा भन्छन्, ‘‘माओवादी कार्यकर्ताहरु दुईतिरबाट प्रवेशगरी आक्रमण गरेका रहेछन् । पहिलो दिन जाँडरक्सी खाएर एमाले कार्यकर्ताले माओवादी पक्षका घरहरु तोडफोड गरेका रहेछन ।” प्रहरीका अनुसार एमाले नेता तथा गाउँपालिका अध्यक्ष फडेरा भने घरमै सुरक्षित छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्