झापा , चैत ३० । भोजपुरको अरुण गाउँपालिका–१ रातमाटेमा भरुवा बन्दुक चलाउँदा एकजनाको मृत्यु भएको छ ।

हिजो बेलुका साढे ५ बजे सोहि स्थानका ४७ बर्षीय सूर्यबहादुर खत्रीले छिमेकीको गोठमा गई भरुवा बन्दुक चलाउँदा आफ्नै पेटमा लागेर घाईते भएका थिए ।

स्थानीयले खबर गर्नासाथ प्रहरी चौकी प्याउलीबाट टोली खटिगई उपचारको लागि जिल्ला अस्पताल भोजपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्