झापा , चैत ३० । भोजपुरको रामप्रसादराई गाउँपालिका–५ स्थित भोजपुर–मानेभन्ञ्याङ सडकखण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

हिजो राति १० बजे भोजपुरबाट ईटा बोकी बासीखोरातर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट २०० मिटर तल झरी दुर्घटना हुँदा ट्रयाक्टरमा सवार रामप्रसादराई गाउँपालिका–७ का २० बर्षीय जेबि राई घाईते भई उपचारको लागि जिल्ला अस्पताल भोजपुर लगिएकोमा अस्पतालमा पु¥याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्