झापा , बैशाख ३ । मेची खोलाको पुरानो पुलमा प्रतिबन्धित लागूऔषधसहित एकैदिन तीनजना पक्राउ परेका छन् ।

शनिबार दिउँसो ३ बजे मेची खोला पुरानो पुलमा लागूऔषध नियन्त्रण व्यूरो काकँडभिट्टाको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दमक ५ बस्ने २२ वर्षिय राजेश गुरुङलाई शंका लागेर चेकजाँच गर्ने क्रममा लागूऔषध डाईजापाम ६ एम्पुल,फेनारगन ६ एम्पुल र लुपिजेसिक ६ एम्पुल गरी जम्मा १८ एम्पुल फेला पारेको थियो ।
त्यस्तै सोही स्थानमा दिउँसो ३.४५ बजे भारतबाटै नेपालतर्फ आउँदै गरेको मे ५ प ५६५ नम्बरको २ जना सवार स्कुटरलाई शंका लागेर चेकजाँच गर्दा उक्त स्कुटरको पछाडी सवार दमक .२ बस्ने २६ वर्षिय अमृत राईको साथबाट ६ ग्राम ब्राउनसुगर फेला परेको थियो ।
उक्त स्कुटर,स्कुटर चालक ईलाम साविक चुलाचुली ८ घर भई हाल दमक २ बस्ने २२ वर्षिय सन्तोष ढकाल समेतलाई नियन्त्रणमा लिई तीनैजना र स्कुटरलाई ईप्रका काकँडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।