झापा , बैशाख ५ । नेतृत्वले पार्टी कार्यकर्ताप्रतिको बोली र व्यवहार अति नै तुच्छ गरेको जनाउँदै मेचीनगरका ३३ जना युवाले राष्ट्रिय प्रजातन्त्र पार्टी सामूहिक परित्याग गरेका छन् ।

युवाहरुलाई अध्याँरोमा राखेर धमिलो पानीमा माछा मार्न खोज्ने नेतृत्वको रवैयाप्रति असन्तुष्टि जनाउँदै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

उनीहरुले संयुक्त प्रेस वक्तव्य जारी गरी आजैका मितिबाट स्वतन्त्र अभियानका लागि पार्टीबाट राजीनामा दिएको जनाएका छन् । राजीनामा दिनेहरुमा जीवनकुमार थापा , मिलन श्रेष्ठ , कृष्ण घिमिरे , सरोज पौडेल , मदन दुलाललगायत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्