झापा, बैशाख ६ । मोरङको रतुवामाई नगरपालिका-९ भौडा चोकबाट लागूऔषध ट्याब्लेटसहित १ जनालाई प्रहरी पक्राउ गरेको छ ।

मे ११ प ९९२४ नम्बरको मोटरसाईकलमा आमबारीबाट उर्लावारी तर्फ जाँदै गरेका दमक नगरपालिका-९ का २० बर्षीय बिबेक घिमिरेलाई प्रहरी चौकी ईटहराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजको साथबाट लागूऔषध नाईट्राभेट २१० ट्याब्लेट र ७ बोतल कोरेक्स बरामद गरेको थियो । लागूऔषधसहित पक्राउ परेका घिमिरेको सम्बन्धमा ईलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्