बिर्तामोड , बैशाख ७ । नेपाल शिक्षक संघ बिर्तामोडको चौथो प्रतिनिधिसभा बुधबार सम्पन्न भएको छ ।

नेपाल शिक्षक संघ बिर्तामोडका अध्यक्ष लिलाप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी ,विशिष्ट अतिथिहरुमा नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेल ,नेपाली कांग्रेस बिर्तामोडका नगर सभापति भोजराज सिटौला ,शिक्षा शाखा बिर्तामोडका प्रमुख तिलचन भण्डारी ,वडा नं. ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला,वडा नं. ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा,नेपाल शिक्षक संघ प्रदेश १ का उपमहासचिव चित्रकला ओली,नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेललगायतको उपस्थिति रहेको थियो।

धनकुमारी खरेल लताले संचालन गरेको कार्यक्रममा नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेल ,शिक्षा शाखा प्रमुख तिलचन भण्डारी ,नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेल,नगर सभापति भोजराज सिटौला ,संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरमा कार्यरत दामोदर न्यौपाने,रत्नमान गिरी ,शान्ता चुडाल,हरि पोख्रेल ,ईश्वरी खड्का ,वेदमाया खनाल ,शोभा भट्टराई ,कृष्ण कार्की,रमेश ढुङ्गेल ,टंक घिमिरे ,भक्तिदेवी खपाङ्गीलगायत २३ जना उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्