झापा , बैशाख ८ । कपिलवस्तुको गोरुसिंगेस्थित सेनाको शमशेर दल गणमा गोली लागेर घाइते भएकी सैनिक जवानको मृत्यु भएको छ ।

गणको भित्री पोस्टमा कार्यरत झापा गौरादह नगरपालिका–१ की २४ वर्षीया कोपिला राजवंशी चौधरीको भैरहवास्थित युनिभर्सल कलेजमा बिहीबार बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक जेसी शाहले बताए ।


राजवंशी गोली लागेको अवस्थामा बुधबार साँझ ७ बजे फेला परेकी थिइन् । गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल मेडिकल कलेज लगिएको थियो ।

उनको पेटमा दुईवटा गोली लागेको बताइएको छ । राजवंशी आफैंले गोली चलाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । तर, सैनिक स्रोतले घटनाबारे केही खुलाएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्