झापा , बैशाख ८ । मोरङको बिराटनगर महानगरपालिका-१६ भत्केको वालबाट निषेधित लागूऔषध ट्याब्लेटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो बेलुका ४ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका सुनसरी दुहबी नगरपालिका-६ का १७ बर्षीय बिक्की सरदारको साथबाट १५ थान नाईट्रोजन ट्याब्लेट र बिराटनगर-७ का २८ बर्षीय गणेश बि. क. को साथबाट डाईजोपाम ९ एम्पुल, लुपिजेसिक ९ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन १ एम्पुलसहित सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । निषेधित लागूऔषधसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।