बिर्तामोड , बैशाख ९ । स्थानीय निर्वाचनमा बिर्तामोड नगरपालिका वडा नं १० को वडाध्यक्ष पदका लागि दुर्योधन गुरुङ सर्वसम्मत सिफारिस भएका छन् ।

नेपाली कांग्रेस बिर्तामोडको १० नं वडा समितिले बहालवाला वडाध्यक्ष गुरुङलाई अर्को निर्वाचनका लागि समेत वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । वडा सदस्यहरुको भने टुंगो लाग्न बाँकी रहेको छ । आज बैठक बसेर सदस्यहरुको टुंगो लगाउने जनाइएको छ । सरल र इमान्दार स्वभावका गुरुङले गत निर्वाचनमा एमालेका उम्मेदवारलाई पराजित गरेका थिए ।
यसअघि बिर्तामोडका ९ वटा वडाबाट कांग्रेसले उम्मेदवार सिफारिस गरिसकेको थियो । वडा नं ५ बाट रोहित प्रसाई , वडा नं ७ बाट नवराज लिम्बू र वडा नं ८ बाट चिरन्जीवि कार्की पनि सर्वसम्मत वडाध्यक्ष सिफारिस भएका थिए ।