झापा , बैशाख ९ । झापाको बाह्रदशी-३ चारपाने राजगढ सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

हिजो राति साँढे ११ बजे प्रदेश २-०३-१९ प १८६४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बिजुलिको पोलमा ठोक्किई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक बाह्रदशी-२ का १९ बर्षीय दिपेश बिष्टको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती नै मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्