सांघाई । चीनको प्रख्यात सहर सांघाइसँग जोडिएको चच्याङ प्रान्तको यिवु शहरमा रहेका नेपालीहरुले वनभोजमा मनोरञ्जन गर्दै नेपाली नयाँ वर्ष २०७९ मनाएका छन् ।

कोरोना महामारीको बीचमा नेपालीहरुले यसरी नयाँ बर्ष मनाउन पाउँदा सबैजना धेरै नै खुशी देखिएका थिए । कोरोना महामारीले ब्यापार ब्यवसायमा कमी भएपनि नेपाली नयाँ बर्ष मनाउन जोश जाँगरमा कुनै कमी देखिएन ।

चीनको चच्याङमा सन् २०१२ मा गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति स्थापना भएपछि समितिले नेपालीहरुको चाडपर्वलाई मध्यनजर गर्दै समय समयमा यस्ता कार्यक्रम गर्दै आएको छ । यस वर्ष पनि नयाँ बर्ष २०७९ को बनभोज कार्यक्रम गरि निरन्तरता दिएको हो । बनभोजमा ४० जना नेपाली र ४४ जना चिनीयाहरू रहेका थिए ।

हरेक बर्षजस्तै यो बर्ष पनि चिनीया साथीहरु, सिपीङ कम्पनीहरु र ट्रान्स्पोर्ट कम्पनीका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । बनभोज कार्यक्रमको सबैभन्दा रोचक र आकर्षक खेल लंगुर बुर्जा (डायिस )थियो । जुन चाहिँ चिनिया र नेपाली बुहारीहरुले मिलेर प्रायोजन गरेका थिए । अर्को झन् रमाइलो खेल बिंगो थियो । जुन नेपाली दाजुभाइ, दिदीबहिनीहरुसँग चिनिया मित्रहरुले पनि धेरै नै रमाइलो मान्दै खेलेका थिए ।

यस्ता कार्यक्रमहरु संचालन गर्दा गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति चच्याङले कार्यसमितिबाट कार्यक्रम संयोजक चयन गरी गर्ने गरेको छ । यसपाली नयाँ बर्ष बनभोज कार्यक्रमको संयोजकमा यस संस्थाका महासचिब सन्जन मकाजु ,सदस्य जीवन मैनाली र सदस्य सूर्यप्रताप राजवंशी रहेका थिए । बनभोज कार्यक्रममा सहभागी भएका सबैले स्थानीय सरकारको नियमको पालना गर्नुका साथै २४ घण्टा भित्रको पीसीआर परीक्षण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्