झापा , बैशाख १० । बिर्तामोड नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार नेकपा एमालेले करिव करिव टुंगो लगाएको छ ।

आन्तरिक निर्वाचनमा कार्यकर्ताको सर्वाधिक मत ल्याउने पवित्रा महतारा प्रसाईलाई मेयर र नगेन्द्र संग्रौलालाई उपमेयर दिने विषयमा छलफल चलिरहेको जनाइएको छ । कार्यकर्ताहरुको माग अनुसार नै केन्द्रमा छलफल चलिरहेको नेकपा एमालेका जिल्ला अध्यक्ष दीपक कार्कीले बताए । उनले मेयरमा पवित्रा महतारा प्रसाई र उपमेयरमा नगेन्द्र संग्रौलाको विषयमा छलफल चलिरहेको जानकारी दिए ।

त्योसंगै मेयरमा पवित्रा महतारा प्रसाई र उपमेयरमा देवराज कार्की , मेयरमा एकराज कार्की र उपमेयरमा पवित्रा महतारा प्रसाईको विकल्प पनि रहेको उनले बताए । आज दिउँसोसम्म मेयर र उपमेयरको टुंगो लागिसक्ने उनले जानकारी दिए । वडा अध्यक्ष र सदस्यको भने टुंगो लागिसकेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्