झापा , बैशाख १० । झापा मेचीनगर १० को निन्दा पुलमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।

हिजो दिउँसो ४ः५५ बजे निन्दा पुलस्थित पूर्वपश्चिम राजमार्गमा ईलाका प्रहरी कार्यालय धुलावारी र लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको भारतीय नं.WB 74 Y 7782 भएको स्कुटरलाई चेकजाँच गर्ने क्रममा स्कुटर चालक मेचीनगर ६ बस्ने ३२ वर्षिय निशान अधिकारी र सोही स्कुटीको पछाडी सवार भारत दार्जिलिङ थाना सिलिगडी बस्ने २७ वर्षिया हेनअरा खातुनको साथबाट प्रतिबन्धित लागूऔषध NITROSUN–10९५–चक्की,Pyeevon Spas plus२०८ क्याप्सुल र मोवाईल २ थान फेला परेको थियो ।

उनीहरुलाई पक्राउ गरी ईप्रका धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्