बिर्तामोड , बैशाख ११ । बिर्तामोड नगरपालिकाको वडा अध्यक्ष र सदस्यहरुका लागि नेपाली कांग्रेसले उम्मेदवारको करिव करिव टुंगो लगाएको छ ।

पार्टी स्रोतका अनुसार बिर्तामोड वडा नं १ को वडाध्यक्षमा बलराम कार्की , २ मा धर्म लक्सम्बा , ३ मा प्रेम उप्रेती , ४ मा कुलप्रसाद संग्रौला , ५ मा रोहित प्रसाई , ६ मा सूर्यप्रसाद कन्दङ्वा , ८ मा चिरन्जिवी कार्की , १० मा दुर्योधन गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

वडा नं ७ र ९ को वडाध्यक्ष माओवादीलाई दिनेगरी गठबन्धनमा छलफल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्