झापा , बैशाख ११ । ताप्लेजुङ जिल्लाको मालपोत कार्यालयका अधिकृत लेखा पनेरु घूस रकमसहित पक्राउ परेकी छन् ।

काठमाण्डौंबाट आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार उनलाई सेवाग्राहीबाट लिएको १ लाख ५० हजार रकमसहित पक्राउ गरेको हो । बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिए बापत रकम लेनदेन गरेको आरोप पनेरुमाथि छ । सदरमुकाम फुङलिङको कोप्चे लाइनको एक घरबाट उनलाई अख्तियारले पक्राउ गरेको हो । उनी यसै वर्ष प्रवल जनसेवा श्री चतुर्थबाट पुरस्कृत भएकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्