बिर्तामोड, बैशाख ११ । सानै उमेरदेखि कलाकारितामा रहँदै आएकी झापा शिवगञ्जकी शर्मिला ताजपुरिया एकैसाथ दुईवटा म्युजिक भिडियोमा डेब्यु गरेर औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेकी छन् ।

अभिनयमा रुचि राख्ने २१ वर्षीया उनी विभिन्न सौन्दर्यमा प्रतियोगितामा सहभागी पनि भइसकेकी छन् ।
झापामा पहिलोपटक भएको ‘हामार जाति हामार भाषा’ प्रतियोगितामा उनले विजेता बन्दै ताज पहिरिएकी थिइन् ।

राष्ट्रियस्तरको टिकटक प्रतियोगितामा समेत भाग लिएर शर्मिलाले आफूलाई अभिनय र कलाकारितामा अब्बल साबित गरिसकेकी छन् ।
कोच समुदायको महान पर्व सिरुवाको अवसर पारेर उनी अभिनित म्युजिक भिडियो सार्वजनिक भएको हो । टंक बुढाथोकीको गायन तथा संगीत रहेको ‘तोर रुप कहेने’ बोलको भिडियोमा शर्मिलाको लिड रोल रहेको छ ।
प्रेम भारतीले निर्देशन गरेको म्युजिक भिडियोमा खुसी राजवंशी र शिव राजवंशीले अभिनयमा शर्मिलालाई साथ दिएका छन् । दुर्गा राजवंशी प्रोड्युसर रहेको यस भिडियोमा शर्मिलाको निक्कै राम्रो अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्