पथरीशनिश्चरे, बैशाख ११ । यही बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको चुनावमा भाग लिन पथरीशनिश्चरे नगरपालिकाको कार्यालय हातामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा तीनवटा दलले मनोनयन दर्ता गराएका छन्।

बैशाख ११ गतेदेखि उम्मेदवार मनोनयन दर्ता गराउने कार्य सुरु भएको हो ।
आइतबार साँझसम्म निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल , मंगोल नेशनल अर्गनाईजेसन , संघीय लिम्बुवान मञ्चलगायतका पार्टीका आकांक्षीहरुले विभिन्न पदमा उम्मेद्वारी दर्ता गराएका छन् ।

राप्रपा नेपालले मेयर पदका लागि सम्मरबहादुर थुलुङ राईलाई उम्मेदवार बनाएको छ भने उपमेयरको पदका लागि रमा तिम्सिनाले उम्मेदवारी दर्ता गराएकी छिन्। यसैगरी, आइतबारैै मंगोल नेशनल अर्गनाईजेसनका पुजन राईले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुखको लागि शर्मिला लिम्बूले आफ्नो उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत खगेन्द्र सुवेदीले जनाएका छन्।

राप्रपा नेपालले नगरका १० वटै वडाहरुमा आफ्नो पार्टीको तर्फबाट वडाध्यक्ष पदका लागि उम्मेदवारहरू उठाएको छ । वडा नं १ मा महेन्द्र कार्की , वडा नं २ मा जितेन पाठक , वडा नं ३ मा दिपकराज सुवेदी , वडा नं ४ मा सुरज मगर , वडा नं ५ मा मोहन तिम्सिना , वडा नं ६ मा अभिषेक तिम्सिना, वडा नं ७ मा लोकनाथ दहाल , वडा नं ८ मा नारायण थापा, वडा नं ९ मा हरिन्द्रमान खत्री र वडा नं १० मा श्रीकाम्वा लिम्बूलाई उम्मेदवार बनाएको छ भने संघीय लिम्बुवान मञ्चका केही उम्मेदवारहरूको आवश्यक कागजात अपुग भएकाले सोमबार उम्मेद्वारी दर्ता गर्ने सक्ने बताइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्