झापा , बैशाख १२ । जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत झापा बिर्तामोड निवासी प्रहरी सहायक हवल्दार खगेन्द्र श्रेष्ठ मृत अबस्थामा फेला परेका छन् ।

कुम्मायक गाउँपालिका वडा न. १ स्थित ओर्दिनमा हिजो उनी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

त्रिशाली मेलाको थप सुरक्षाका लागि प्रहरी सहायक हवल्दार श्रेष्ठ यासोक आएका थिए । उनी यासोक आएपछि बैशाख ३ गते बेलुकादेखि हराएका थिए । खोजतलास गर्नेक्रममा उनले बोकेको मोबाइल फेला परेपछि उनी ओर्दिनमा मृत अबस्थामा भेटिएका हुन् । मृत अबस्थामा भेटिएका श्रेष्ठको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक नेवा देय दवू बिर्तामोड वडा नम्बर ९ समिति अध्यक्ष रत्नबहादुर श्रेष्ठको छोरा भएको स्थानीय यज्ञ श्रेष्ठले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्