हल्दिबारी , बैशाख १२ । नेपाली कांग्रेस हल्दिवारीले आज मनोनयन दर्ता गर्ने भएको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2022/04/278978348_528998998824849_4993993967258657908_n.jpg)
हिजो भएको गठबन्धनको छलफलमा मध्यरातसम्ममा पनि सहमति जुटन नसकेपछि नेपाली कांग्रेस क्षेत्र नं ३ ख का प्रदेशसभा सभापति तुलसी ओलीलाई अध्यक्षको उम्मेदवार बनाइएको छ । आज दिउँसो १ बजे हल्दिवारी गाउँपालिकामा सबै उम्मेदवारको मनोनयन दर्ता गरिने कांग्रेसले जनाएको छ ।