झापा , बैशाख १२ । मोरङको ग्रामथान गाउँपालिका-४ कटहरामा जुवा खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका-५ घर भएका ५४ वर्षका रुपेशकुमार तामाङ, ४७ वर्षका सुरेशकुमार थारु, २८ वर्षीय रंजित शाह, ४७ वर्षका सत्यनारायण राजवंशी र ५७ वर्षका हरिशचन्द्र गिरी लगायत छन् । जुवाखालबाट ६ लाख ४१ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्