झापा, बैशाख १२ । उदयपुरको चौदण्डिगढी नगरपालिका-६ बरगाछी चोकबाट लागूऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो बेलुका पौने ६ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका ३० बर्षीय रेगन राईलाई चेकजाँच गर्ने क्रममा फेनारागन ३ एम्पुल, डाईजेपाम ३ एम्पुल , लुपिजेसिक ३ एम्पुल , खाली सिरिन्ज १ थान , मोबाईल फोन २ थान र नगद रु ७,३७५ साथै राईको घरबाट ८५० मिलीग्राम ब्राउनसुगर, २.४३ मिलिग्राम चरेस र ५० ग्राम लागूऔषध गाँजा बरामद गरी राईलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्