भद्रपुर, बैशाख १२ । नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तथा भद्रपुरका युवा नेता नरेश सञ्जेलले पार्टी सदस्य समेत परित्याग गरेका छन् ।

उम्मेदवार छनौटमा असहमति जाहेर गर्दै पटकपटक पार्टीको माथिल्लो तहमा जानकारी दिँदा समेत बेवास्ता गरेको ठहर गरी २४ वर्षे माओवादी राजनीति परित्याग गरेको सञ्जेलले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

उनले क्षेत्रीय समितिको नेतृत्व विभेदकारी र अविवेकी हुँदा नेकपा माओवादी केन्द्र पतनोन्मुख भएको भन्दै झापा क्षेत्र नम्वर ३ भरिका अधिकांस कार्यकर्ताले पार्टी परित्याग गर्ने लहर चलिरहेको जानकारी दिए ।

भद्रपुरका १७ जना नेताकार्यकतासहित सदस्यता परित्याग गरेका सञ्जेलले केही दिनभित्र भद्रपुरबाट मात्र पाँच सयबढी कार्यकर्ताले पार्टी परित्याग गर्ने दावी गरेका छन् ।
झापा भद्रपुर १० का स्थायी बासिन्दा सञ्जेलले स्थानीय तह, क्षेत्रीय समिति, जिल्ला समिति हुँदै केन्द्रीय महाधिवेशन आयोजक समितिसम्मका विभिन्न पदमा रहेर पार्टी जिम्मेवारी बहन गरिसकेका छन् । स्थानीय तह निर्वाचनमा भद्रपुरको नेतृत्वको दौडमा रहेका सञ्जेललाई रोक्न डिल्ली घिमिरेलगायतका नेता लागेको आरोप लगाएर भद्रपुरका केही नेताकार्यकर्ताले पार्टी परित्याग गरी सञ्जेलसितै स्वतन्त्र वाम बन्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्