झापा , बैशाख १३ । मोरङको रतुवामाई नगरपालिका-३, छालगाछीबाट ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका-४ बस्ने ५३ वर्षीय खड्कप्रसाद सिलवाल छन् । उनको साथबाट ६८८ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको बा७६प ४६९७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक सिलवाललाई उक्त लागूपदार्थसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।




