झापा , बैशाख १४ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा आगो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ ।

हिजो दिउँसो साढे ११ बजे स्थानीय ७० बर्षीय जयराम सार्कीको आफ्नै बाँस झ्याङमा सल्केको आगो निभाउने क्रममा अचानक शरीरमा आगो सल्किदा घाईते भएका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ बिमानस्थल सुरक्षा गार्ड कांगेलको प्रहरी टोली खटिगई तत्काल उपचारको लागि धरान घोपा लादै गर्दा बाटोमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी टोली खटिगई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्