हल्दिबारी , बैशाख १४ । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले नेपाली कांग्रेस हल्दिबारी ४ को कार्यालयमा पुगेर कांग्रेस उम्मेदवार होम चुडालसंगै एमालेको लागि भोट मागेका छन् ।

सूचना प्रविधिको दुरुपयोग गरेर प्रसाईले कांग्रेसको बद्नाम गर्न खोजेको चुडालले दावी गरेका छन् । त्यसप्रति खेद व्यक्त गर्दै वडा नं ४ का वडाध्यक्षका उम्मेदवार चुडालले एक विज्ञप्ति जारी गरी भर्त्सना गरेका छन् ।

उनले भनेका छन् ,‘नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले आज मेरो चरित्र हत्या गर्ने उद्देश्यले भाइचाराको नाममा गरेको कार्य र मानसिक असन्तुलनताको उदाहरणको घोर भर्त्सना गर्दछु।साथै यस्ता मानसिक असन्तुलन र जाली फटाहा चरित्रको ब्यक्तिसित सावधान रहन सबैमा अनुरोध गर्दछु।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्