झापा , बैशाख १५ । संखुवासभा र धनकुटा गरि दुई छुट्टाछुटै स्थानमा बुधबार खोलामा डुबेर २ जनाको मृत्यु भएको छ ।

संखुवासभाको पाँचखपन नगरपालिका-३ बस्ने चन्द्रशेखर राईको १२ बर्षीय छोरा निश्चल राई पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बुधवार दिउँसो साँढे १२ बजेको समयमा सभाखोलामा पौडी खेल्ने क्रममा डुबेर घाईते भएका राईलाई उपचारको लागि जिल्ला अस्पताल खाँदवारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । यसैगरि धनकुटाको चौबिसे गाउँपालिका-५ का ४५ बर्षीय प्रकाश माझीको माछा मार्ने क्रममा तमोर खोलामा डुबेर मृत्यु भएको छ । बुधबार अपरान्ह ५ बजे खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई मृत शवको उद्धार गरिएको छ । दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्