झापा , बैशाख १५ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा असिनापानीले बालीमा क्षति पुर्‍याएको छ।

बुधबार साँझ परेको असिनापानीले गाउँपालिकाका अधिकांश क्षेत्रमा बालीमा क्षति पुर्‍याएको हो । असिनाले मकैको पात कामै नलाग्ने गरी छिद्र बनाएको ऐँसेलुखर्क गाउँपालिका-६ ज्यामिरे नेपानेका शुरेस राईले बताए । उनका अनुसार हिजो साँझ परेको असिनापानीले मकैमा र भर्खर फूल खेल्दै गरेका र फल लाग्दै गरेका फलफूलमा क्षति पुर्‍याएको छ । मकैसँगै लगाइएको आलु , फर्सी , सिमीलगायत तरकारीबालीमा पनि ठूलो क्षति पुर्‍याएको राईले बताए । ऐँसेलुखर्क गाउँपालिकासँगै रावाबेसी र केपिलासगढी गाउँपालिकाका माथिल्लो क्षेत्रमा पनि असिनाले मकै बाली र फलफूलमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्