भद्रपुर, बैशाख १७ । आसन्न स्थानीय तह निर्वाचनमा भद्रपुर नगरपालिकाबाट गठबन्धनका उम्मेदवारलाई जिताउन नेपाल डेमोक्र्याटिक्स लयर्स एशोशिएसन झापाले एकदिने चुनाबी साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा नगरपालिकाभित्रका कांगे्रस निकट पेशाकर्मीहरुको उपस्थिति रहेको कार्यक्रममा गठबन्धनका सबै उम्मेदवारहरुलाई जिताउन छलफल भएको थियो । चुनावी प्रचारप्रसारअन्तर्गत घरदैलो कार्यक्रमलगायतका विभिन्न रणनीति अपनाइनुुपर्ने सहभागीहरुले सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै नेता सिटौलाले मतदाता शिक्षा सबै मतदातासमक्ष पुर्याउन आबश्यक रहेको भन्दै सम्पुर्ण मतदाताहरुलाई फास्ट ट्रयाकमार्फत स्कोरिङ गर्नु पर्ने बताए ।

गठबन्धनबाट मेयरका उम्मेदवार गणेश पोखरेलले नगरपालिकामा वर्तमान स्थानीय सरकारले कुनै पनि विकास निर्माणका कार्य नगरेको दावी गर्दै आफू निर्वाचित भएमा शिक्षालाई बिशेष प्राथमिकता दिएर विकास निर्माणका कार्यहरु गर्ने प्रतिवद्धता जनाए ।

गठबन्धनबाट उपमेयरका उम्मेदवार माओवादी केन्द्रका शिवकुमार राजभण्डारीले वर्तमान सरकारबाट नगरपालिकामा भएका विभेदकारी नीतिको अन्त्य गर्न आफनो उम्मेदवारी भएको बताए । एशोसिएसन झापा अध्यक्ष यज्ञप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुद्धिजीवि परिषद, ,प्राध्यापक संघ,स्वास्थ्यकर्मी संघ, शिक्षक संघ, प्रेस युनियनलगायतका संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको संचालन योगेन्द्र पौडेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्