बिर्तामोड , बैशाख १९ । विवेकशील साझ पार्टीका केन्द्रीय अध्यक्ष रविन्द्र मिश्रले अब नेपाली जनताले मन र मत बदल्ने बेला आएको बताएका छन् ।

विवेकशील साझा पार्टीको बिर्तामोडमा आयोजित घरदैलो कार्यक्रममा सहभागी हुँदै केन्द्रीय अध्यक्ष मिश्रले मन र मत बदल्न सकेमात्र देशमा परिवर्तन ल्याउन सकिने धारणा राखे । पुरानो दलहरुले करिव ४० वर्षसम्म शासन गरेपनि परिवर्तनको अनुभूति दिन नसकेको उनको ठम्याई छ ।‘पुराना राजनीतिक दलहरुले ४० वर्षसम्म शासन गर्दा देश र देशवासीलाई कस्तो बनाए त ? ’उनले प्रश्न गर्दै भने,‘हामीलाई विजयी गराउनुहोस् अबको २० वर्षपछि कस्तो हुनुपर्छ हामी प्रमाणित गरेर देखाइदिन्छौं । ’
उनले परिवर्तनका लागि आफ्नो विवेकशील साझा पार्टीको तराजु चिन्हमा अमूल्य मतदान गरिदिनुहुन अनुरोध गरे । बिर्ताबजारको दुर्गा मन्दिरअगाडि आयोजित कोणसभालाई पार्टीका केन्द्रीय सदस्य प्रकाश अर्याल ,बिर्तामोड नगरपालिकामा उपमेयरकी उम्मेदवार निशा सोनी कर्णलगायतले संबोधन गरेका थिए ।सैनिकमोडदेखि ¥याली शुरु गरी बिर्ताबजारको दुर्गा मन्दिरमा कोणसभा आयोजना गरिएको थियो ।



