मेचीनगर, बैशाख २२ । तीनदलीय गठबन्धनका तर्फबाट मेचीनगरका मेयरका प्रत्यासी इन्द्रबहादुर बुढाथोकीले मेचीनगरलाई देशकै नमूना नगर बनाउने प्रतिबद्धता जनाएका छन् ।

स्थानीय तहको चुनावी घरदैलो अभियानका क्रममा बुढाथोकीले आफ्नो टिमलाई जनताले जिताए जनमुखी विकासका कार्यक्रम गर्दै नमूना र समृद्ध शहर बनाउने बताएका हुन् । स्वास्थ्य क्षेत्र ज्यादै संबेदनशील भएकाले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने नागरिकको मौलिक हक सुनिश्चित गर्ने उनको प्रतिबद्धता थियो । सम्पूणर् वडामा स्वास्थ्य संस्था स्थापना गरी आवश्यक औषधि एवम् औषधीजन्य सामग्रीको आपूर्ति र उपलब्धता सुनिश्चित गरी निशुल्क सेवा प्रवाह गर्ने उनको भनाई थियो । उपमेयरका उम्मेद्वार प्रकाश भण्डारीले जनताको करबाट उठेको राजस्वको रकमलाई भ्यु टावर, स्वागतद्वारजस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने उत्पादनमुखी र जनमुखी कार्यक्रम गर्दै नगरलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता जाहेर गरे । मेचीनगर-१० का वडाध्यक्ष उम्मेदवार इन्द्रबहादुर आङ्दम्वे र सदस्यहरु सन्ध्या बिश्वकर्मा, चन्द्रकुमारी राई, चन्द्र तिवारी, पदम कट्वालले धुलाबारी बजार, सबै टोलमा घरदैलो अभियान तिब्र बनाएका छन् । त्यस्तै वडा १४ मा वडाध्यक्ष बाबुलाल सुब्बा, गोपिराज मैनाली, सीता राजवंशी, दिपक सुबेदी, रिना सेवा सदस्यले पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको प्रचार बिभागका मुनिलाल राजवंशीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्