झापा, वैशाख २३ । धनकुटाको साँगुरीगढी गाँउपालिका-३ सल्लेनी डाँडामा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा साँगुरीगढी-३ मदेन टोलका अन्दाजी ३८ वर्षीय ईन्द्रबहादुर याखा रहेका छन् । कुशेटारबाट मदेनतर्फ आँउदै गरेको याखाले चलाएको को २८ प ७४७१ मोटरसाइकल अनियन्त्रित भई गएराति पौने १२ बजे दुर्घटनामा परेको थियो । मोटरसाइकल सडकबाट अन्दाजी ५०० मिटर तल खसेको प्रहरी चौकी डाँडाबजारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्