बिर्तामोड , बैशाख २४ । संयुक्त गठबन्धनका तर्फबाट अर्जुनधारा नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिएकी रंजिता कार्कीले प्रतिष्पर्धी बलदेव गोमदेनका बारेमा कडा टिप्पणी गरेकी छन् ।

नेकपा एमालेका तर्फबाट नगर प्रमुखमा उम्मेदवारी दिएका गोमदेन लोकप्रिय अनुहार भएको प्रचार गरिरहँदा कार्कीले वडाध्यक्ष चलाउन नसकेका व्यक्तिलाई नगर प्रमुखमा भोट हाल्नका लागि विवेक पु¥याउन आम नगरवासीहरुलाई आग्रह गरेकी छन् ।

बलदेव २०७४ को स्थानीय निर्वाचनमा वडा नं १० को वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष भएपनि उनले अधिकांश समय वडा सदस्यहरुलाई कार्यवाहक दिएको गुनासो छ ।‘ उहाँले वडाध्यक्ष हुँदै गर्दा कार्यवाहक दिएर चलाउनु भएको छ भनेर सुनेकी छु , कुनै पनि जनप्रतिनिधिको आफ्नो उत्तरदायित्व हुन्छ’ उनले भनिन् ‘ आफ्नो उत्तरदायित्व छोडेर वडा सदस्यलाई हमेशा कार्यवाहक दिनु भनेको जनताको अमूल्य मतको अपमान हो ।’ वडाध्यक्ष हुँदा आफ्नो अभिभाराबाट पन्छिएर फुर्सदिलो बन्ने व्यक्ति मेयर हुँदै गर्दा मेयर पनि कार्यवाहक दिनुभयो भने नगरको विकास हुन्छ ? भनी उनले प्रश्न गरिन् । त्यसकारण नगरको विकास र सुन्दर नगर निर्माणको लागि कस्तो मेयर चाहिन्छ भनेर नगरवासीहरुलाई विवेक पु¥याएर मत हाल्न उनले आग्रह गरिन् ।

‘कानून र नीति नियमले चलाउनु पर्ने ठाउँमा यो मेयरलाई थाहै छैन भनेर कर्मचारीले नगरपालिका चलाए भने दुर्घटना हुन्छ’ उनले भनिन् । उम्मेदवार कार्कीले अर्जुनधाराको लागि आफू नौलो र अनौठो नभएको प्रतिक्रिया दिइन् ।

अर्जुनधारा ५ स्थित भानु माविमा कक्षा १० सम्म अध्ययन गरी गोमेन्द्र कलेज बिर्तामोडमा ११ र १२ पढेर उच्च शिक्षाको लागि आफू काठमाडौं गएको जानकारी दिइन् । पाँच वर्ष अध्ययन गर्न काठमाडौं जाँदा आफूलाई यहाँको नयाँ मान्छे भनेर प्रमाणित गर्न जरुरी नभएको प्रतिक्रिया दिइन् । प्रतिदिनसंग कुराकानी गर्दै उनले सो कुरा बताएकी हुन् । उनीसंगको कुराकानी प्रतिदिन अनलाइन टेलिभिजनमा हेर्न सकिनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्