झापा , वैशाख २५ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रशासनले झापाको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन शुरु गरेको छ ।

निर्वाचनको समयमा हुनसक्ने घुसपैठ तथा आपराधिक कृयाकलाप नियन्त्रणका लागि सीमा क्षेत्रमा विशेष सतर्कता अपनाईएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । यसैबीच भारतसँग सीमा जोडिएका झापाका सबै नाकाहरु तीन दिनसम्म पूणर् रुपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार २७ गते राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्म सीमा नाका पूणर् रुपमा सिल गरिने छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न सीमा नाका बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । जिल्लामा निर्वाचन लक्षित सुरक्षा रणनीति अनुसार सुरक्षाको भरपर्दो व्यवस्थापन गरिएको पनि उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्