बिर्तामोड , बैशाख २५ । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङले वडा कार्यालयले कुनै पनि बजेट नछुट्याउँदा बिर्तामोड २ मा खानेपानीको सेवा विस्तार गर्न नसकिएको बताएका छन् ।

उनले गठबन्धनका उम्मेदवार धर्म लक्सम्बा नेतृत्वको टीमलाई जिताए बिर्तामोड २ मा खानेपानी विस्तार गर्ने जिम्मा आफूले लिने प्रतिवद्धता जनाए ।

गठबन्धनद्वारा बिर्तामोड २ चैतुबारीमा आज आयोजित कोणसभामा गत निर्वाचनमा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार समेत रहेका गुरुङले मेयर भोजराज सिटौला , उपमेयर सीपी कडरियासहित गठबन्धनका सम्पूर्ण उम्मेदवारहरुलाई जिताउन आग्रह गरे । धर्मराज लक्सवाको टिमलाई वडामा जिताउन अपिल गर्दै नेता गुरुङले वडावासीलाई खानेपानीको पहुँच पु¥याउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा मेयरका उम्मेदवार भोजराज सिटौलाले चारपाने हाईवे माथिको वर्षातको पानीलाई व्यवस्थित ढङ्गबाट व्यवस्थापन गर्ने,किसान परिचयपत्र वितरण गर्ने र सो माध्यमबाट किसानलाई राहत उपलब्ध गराउने अनुदानलाई व्यवस्थित र वैज्ञानिक ढङ्गबाट संचालनमा ल्याउने ,विपन्न परिचयपत्रमार्फत विपन्न परिवारमा स्वास्थ्य शिक्षामा निशुल्क व्यवस्थापन गर्ने ,कन्काई नगरसँग समन्वय गरी चैतुवारी पश्चिम घाग्रा खोला पुलको व्यवस्थापन गर्ने साथै नैनाटोल,चैतुबारी हुँदै सैनिकमोड बाटो रणनीति महत्वको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले बहुजातीय सांस्कृतिक संग्रहालयसहित सोमबारेमा रहेको पोखरीको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकसित गराउने प्रतिबद्धतासमेत जनाए । कार्यक्रममा उपमेयरका उम्मेदवार सीपी कडरिया ,वडाध्यक्षका उम्मेदवार लक्सम्बाले पनि बोलेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्