झापा , वैशाख २६ । कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५२ वर्षीय नारायणम् आईयर रहेका छन् । आरोहणका क्रममा उनको ८ हजार २ समय मिटर उचाइमा पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कुशाराम कार्कीले जानकारी दिए । उनी पायोनियर एड्भेन्ञ्चर प्रा.लि.बाट हिमाल आरोहणमा गएका थिए । सो कम्पनीका कार्यकारी निर्देशक निमेष कार्कीका अनुसार उनको शवलाई उद्धारका लागि ६ जना शेर्पाको टोली परिचालित भइसकेको छ । ’हाम्रो ६ जना शेर्पाको टोली खटिएको छ । मौसमले साथ दिए तीन दिनभित्रमै तल ल्याइसक्छौं,’ उनले भने । ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमालको आरोहणका लागि पायोनियर एड्भेन्चरबाट यसवर्ष १४ जना आएका थिए । त्यसमध्ये ६ जनाले सफल आरोहण गरिसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्