बिर्तामोड, बैशाख २६ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले बिर्तामोडले चुनावी प्रचार अभियानअन्तर्गतका कार्यक्रमहरुलाई अघि बढाईरहेको छ ।

एमालेबाट बिर्तामोड नगरपालिकाको नगर प्रमखका उम्मेदवार पवित्रा महतारा प्रसाई,उपप्रमखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलासहित उम्मेदवारहरुको टोलीले सोमबार वडा नम्बर ९ का विभिन्न स्थानमा पुगेर कोणसभा सम्पन्न गरेको हो । उम्मेदवारहरुले वडा नम्बर ९का टाँगाबारी,कञ्चन टोल,लखिबाडी,सतालसिंहवारी,केरकेरुवारी,नारायणकृष्ण टोल,पिपल चोक र नडियाबारीमा पुगेर सूर्य चिन्हमा मतदानका लागि आग्रह गर्दै आफ्नो पार्टीले अघि सारेका योजनाका बारेमा प्रतिबद्धता व्यक्त गरेका छन् ।

नगर प्रमुखका उम्मेदवार प्रसाईले सबै जातजाति,वर्ग,समुदाय, भाषाभाषीलाई समेटेर काम गर्ने पार्टी एमाले भएको धारणा राखिन् । उनले भोलीका दिनमा स्वास्थ्य र शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउने पनि बताइन् ।

यस्तै उपप्रमुख पदका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले एमालेको सरकारले जनप्रिय कामहरु गरेको दावी गरे । बिर्तामोडको वडाध्यक्षमा हरिप्रसाद चौलागाई,खुल्ला महिला सदस्यमा कल्पना राजवंशी,दलित महिलामा संगीता सिवा,सदस्यमा केशव बुढाथोकी र चन्द्रप्रसाद दंगाल उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्